सदनमा प्रस्तुत हुने रणनिति तय गर्दै एमाले सांसदहरु


 


काठमाडौँ, पुस १८

संसदमा प्रस्तुत हुने रणनिति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । मध्यान्न १२ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक सदनमा पेश हुन नदिन अपनाउन सकिने रणनितिबारे छलफल हुने जनाइएको छ ।

संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै सदनमा आन्दोलनरत विपक्षी मोर्चाको नेतृत्व गरेको एमालेले आजको बैठकमा प्रमुख दलहरुबीच पछिल्लो समय भएको वार्ताको समिक्षा गर्दै भावी रणनिति तय गर्ने जनाएको छ ।

एक महिना लामो सदन अवरोधका कारण महाअभियोग प्रस्ताव लगायत निर्वाचन सम्बन्धी विभिन्न विधेयकहरु समेत अलपत्र परेपछि एमालेले आजको बैठकबाट आन्दोलनका कार्यक्रममा केही लचकता अपाउने तयारी गरेको एक नेताले बताए ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्