संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि  सुनुवाई हुदै


 


काठमाडौँ, पुस १८

सीमांकन हेरफेर गर्ने गरी सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज पनि सुनुवाई हुदैछ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासले हिजो उक्त रिटमाथिको सुनुवाइ नसकिएपछि आजका लागि सारेको हो ।

अधिवक्ता टीकाध्वज खड्काले संसदमा संशोधन प्रस्ताव दर्ता हुनुअघि नै त्यसलाई रोक्न र दर्ता भैसकेपछि बदर गर्न माग गर्दै दुई छुट्टाछुट्टै रिट दायर गरेका थिए । दुवै रिटमाथि हिजोबाट बहस सुरु भएको छ । रिटमा आज सरकार पक्षले बहस गर्ने छ । यसमा पूर्व सांसद मञ्चले दिएको रिट पनि सँगै राखेर हेरिएको छ।

तीनै रिट पक्षका वकिल वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल र विजय मिश्रले बहस गरेका थिए । खड्काले सीमांकन हेरफेर गर्ने अधिकार यो संसदलाई नभएको जिकिर गर्दै संविधान संशोधनविरुद्ध रिट दायर गरेका थिए । प्रदेशको सीमांकन फेर्ने क्षेत्राधिकार प्रदेश सभाको मात्रै भएको रिटमा उल्लेख छ । यसअघि न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले प्रदेश सीमांकन संशोधन गर्ने गरी गरिएको संशोधन विधेयक दर्ताको कारण सरकारसँग मागेको थियो ।

 

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्