भारतमा जीप दुर्घटना, ४ नेपालीकाे मृत्यु


 


काठमाडाैं, पुुस १८

भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको जनाए। शर्माली–२ दुबलाका ६२ बर्षीय गोविन्द साउद, उनकै भाई शिवराजकी पत्नी ५७ बर्षीया गोमती देवी उनकै भाई ५४ बर्षीय बाशुदेव र ५ बर्षीय भतिजा आयुशको मृत्यु भएको हो।

तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको प्रअ साउदले बताए। भारतीय संचार माध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जीप रौलगांव नजिकको भिरबाट खसेको हो।

१६ जना यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन। घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ। कञ्चनुपरको दोधारा चाँदनी बस्दै आएका मृतक परिवारका ८ जना पूजा पाठको लागि गाँउ आउँदा दुर्घटनामा परेका हुन।

घाइतेहरुमा शर्माली–५ कोणका चन्द्रसिंह साउद, पञ्चेश्वरका एक जना सहित मृतक परिवारकै ४ जना रहेका छन। उनीहरुको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ। अधिक गतीको जीप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय संचारमाध्यामले जनाएका छन।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्