प्रभु बैंकले दियो कागबेनी मन्दिर श्राद्धस्थल समितिलाई क्युआर स्ट्याण्ड


 


काठमाडौैं, चैत २७ । प्रभु बैंकले बहुचर्चित धार्मिकस्थल कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।
नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुबिधाका लागि समितिलाई एक समारोहकाबीच क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि कागबेनीमा वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरु पुग्ने गरेका छन् । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा सात वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्