यति एयरको जहाजमा चरा ठोक्कियो


 


विराटनगर, असार २

विरानगरबाट काठमाडौंका लागि  उडेको यति एयरलाइन्सको जहाजमा बुधबार दिउँसो चरासँग ठोक्किएको छ।  विराटनगरबाट दिउँसो १.२० बजे २७ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको ७९२ उडान नम्बरको जहाजले रनवे छोड्नेवित्तिकै चरा ठोक्किएको हो।

जहाजमा यात्रा गरी रहेका सबै यात्रु तथा चालकदल भने सकुशल छन्।चरा ठोक्किएपछि जहाज त्यही ल्याण्ड गरेको थियो । गएको असार १६ गते नेपाल वायु सेवा निगमको चिनियाँ एमए ६० जहाज पनि काठमाडौंबाट विराटनगर जाँदै गर्दा विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।

setopati

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्