नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतको यस्तो हर्कत



काठमाडौं, पुस २०
भारतले नेपालका लागि भारतीय नयाँ राजदूत पठाउने तयारी थालेको छ ।

नेपालका लागि बहालमा रहेका बर्तमान भारतीय राजदूत रञ्जीत रेको कार्यकाल समाप्त हुन केही समय मात्रै बाँकि हुँदा भारतले नयाँ राजदुत पठाउने तयारी थालेको हो ।

भारतले नेपालका लागि भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंहलाई राजदुतको रुपमा पठाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारत सरकारको निकट मानिने पत्रिका नवभारत टाइम्सका अनुसार नेपालमा बढेको चिनियाँ प्रभावलाई ‘कन्ट्रोल’ गर्न भारत सरकारले बहालवाला राजदूत रञ्जीत रेको ठाउँमा प्रभावशाली व्यक्ति पठाउने तयारी थालेको हो ।

सिंहले चिनियाँ प्रभाव कम गर्न सक्ने आँकलनसहित उनलाई नेपाल पठाउने तयारी सरकारले गरेको समाचारमा उल्लेख गरिएको छ ।

इतिहासमै पहिलोपटक नेपाल र चीनबीच आगामी फेबु्रअरीमा हुन लागेको संयुक्त सैन्य अभ्यासले तर्सिएर आपत्ति जनाएका भारतीयहरु नेपालमा चिनियाँ प्रभाव रोक्न र आफ्नो अस्तित्व रक्षा गर्न लागि परेका छन् । यसैक्रममा राजदूत पनि प्रभावशाली व्यक्ति पठाउने तयारी थालिएको हो ।

म्यानमार र पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेसँगै सिंह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्ध प्रगाढ रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मोदी सरकारले नै उनलाई आर्मी चीफ बनाएको थियो । र मोदी सरकारले नै नेपालका लागि राजदुतको रुपमा पठाउने तयारी पनि थालेको छ ।

राजदुतका लागि नेपाल पठाईने भनिएका भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंहले एक साता अघि अर्थात डिसेम्बर ३१ मा मात्रै अवकाश सेना प्रमुखबाट पाएका थिए ।

यद्यपि नेपालका लागि भारतीय राजदुत हुने नहुनेमा सिंहले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News