हैदराबादलाई सजिलै हराउँदै कोलकाता आईपीएलको फाइनलमा


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ ।

गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले अविजित सर्वाधिक ५८ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा समेटिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाएका थिए ।

आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरुबीच एलिमिनेटरको खेल हुँदैछ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्