नेपाल दोस्रो अभ्यास खेलमा पनि विजयी, ह्युस्टन हरिकेन्स २७ रनले पराजित


 


काठमाडौं । अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको छ ।

योसँगै नेपालले दुई खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो ।

नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयो ।

हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ ।

त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्