आईपीएल २०२४ मा कसले के अवार्ड पाए ?


 


काठमाडौं । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताको यो तेस्रो उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

कसले के अवार्ड पाए ?
विजेता – कोलकाता नाइट राइडर्स
उपविजेता – सनराइजर्स हैदरावाद
ओरेन्ज क्याप (सर्वाधिक रन) – विराट कोहली (७४१ रन, १५ खेल)
पर्पल क्याप (सर्वाधिक विकेट) – हर्षल पटेल (२४ विकेट, १४ खेल)
मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – सुनिल नरेन (४८८ रन र १७ विकेट, १५ खेल)
सर्वाधिक चौका – ट्राभिस हेड (६४ चौका, १५ म्याच)
सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी (३०३ रन र ३ विकेट)
सिजनको उत्कृष्ट स्ट्राइक रेट – जेक फ्रेजर–म्याकगुर्क (२३४.०४)
क्याच अफ द सिजन – रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी, मे ५)
फेयरप्ले अवार्ड – सनराइजर्स हैदराबाद
पिच र ग्राउन्ड अवार्ड्स – हैदराबाद
प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्