पहिलो अभ्यास खेलमा क्यानडासँग नेपाल ६३ रनले पराजित


 


काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअप अन्तर्गतको पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ ।

जितका लागि १८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो ।

ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

नेपालले दोस्रो वार्मअप खेल डालासमा नै बिहीबार घरेलु टोली अमेरिकासँग खेल्ने छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्