सिजीको क्युलेड टिभीमा विश्वकपको छुट्टै मज्जा


 


काठमाडौं, जेठ १८ । यसपाली टि२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ। नेपाल सन २०१४ पछि दोस्रोपटक भाग लिँदैछ।

नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ। यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्डकपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले टि२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टिभी नेपालको’ अभियान सुरु गरेको छ। यस रोमाञ्चक अभियान अन्तर्गत ग्राहकहरुले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ ईन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन द स्पट शून्य प्रतिशत ईएमआई, सीजी लोयल्टी क्लब रिवार्डर सिजी इलेक्स् मार्फत आफ्नो सामानको मुल्याङ्कन आफै गरि एक्सचेन्ज गर्न सक्नेछन्।

सिजी ब्रान्डका टिभीहरू नेपालको एकमात्र आइएसवो ९००१:२०१५ प्रमाणित टिभीहरू हुन्र यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिनसक्छन्।

आईसिसी टि२० विश्वकप २०२४ को नजिकिँदै जाँदा, नेपाली क्रिकेट फ्यानहरूले सिजीको क्युलेड टिभी नेपालको एकमात्र पहिलो गुगल सर्टिफाइड टिभीमार्फत खेलको मज्जा लिन सक्नेछन्। यो अभियान नेपालभर सीमित समयको लागि लागुहुनेछ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्