अमेरिकालाई क्यानडाको १९५ रनको चुनौती


 


काठमाडौँ । टी २० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा १९४ रन बनायो।

क्यानडाका लागि नवनित डालिवालले ६१ र निकोलस क्लिटनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

आरोन जोनसन २३, पर्गत सिंह ५ र श्रेयास मोभ्या ३२ रन बनाउन सफल भए।

यता अमेरिकाका लागि अलि खान, कोरे एडर्सनल र हार्मित सिंह १/१ विकेट लिन सफल भए।

केही छिनमा दोस्रो इनिङ्स सुरु हुनेछ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्