विश्वकप क्रिकेट : आयरल्याण्डलाई हराउँदै भारतको विजयी सुरुवात


 


काठमडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ ।

गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो ।

आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । ऋषभ पन्तले अविजित ३६ रन जोडे ।

आयरल्याण्डका लागि मार्क एडेयर र बेन व्हाइटले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो ।

आयरल्याण्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए । भारतका लागि हार्दिक पण्ड्याले तीन विकेट लिए ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्