विश्वकप क्रिकेट : इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूहको शीर्ष स्थानमा


 


काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ुबीु को खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । गएराति अस्ट्रेलियाले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा छ विकट गुमाएर एक सय ६५ रन मात्रै बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि कप्तान जोस बटलरले ४२ र फिल साल्टले ३७ रन बनाए । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । यस्तै जोस हेजलउड र एडम जम्पाले समान एक विकेट लिए ।

यसअघि बार्बाडसमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर दुई सय एक रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नरले ३९, ट्राभिस हेड ३४, मिचेल मार्स ३५ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । यस्तै मोइन अली, जोफ्रा आर्चर, अदिल रसिद र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

लगातार दोस्रो खेल जितेको अस्ट्रेलिया चार अङ्कका साथ समूहको शीर्षस्थानमा छ । इंग्ल्यान्ड एक अङ्कका साथ चौथो स्थानमा छ । अर्को खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्समाथि कठिन जीत दर्ता गरेको छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको हो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्