विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?


 


काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् ।

न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्