दुर्घटनामा १५ जना घाइते



डडेल्धुरा, पुस २८
डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नम्बरको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहुँदा गाडी मोड्न नसकेर दुर्घटना भएको घाइतेको भनाइ रहेको छ । जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News