भारतसँग पराजित भएसँगै पाकिस्तानको सुपर–८ को सम्भावना कठिन


 


काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ ।

समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । हारपछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ । पहिलो खेलमा पाकिस्तान अमेरिकासँग हारेको थियो ।

गएराति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । यो जितपछि भारतको २ खेलमा ४ अङ्क भएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्