क्यानका अध्यक्ष चतुरबहादुरको राजीनामा माग


 


काठमाडौँ । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ ।

आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो।

क्यान अध्यक्ष चन्द अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई विश्वकपका लागि दिने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टोलीमा नराखी डाक्टरको ठाउँमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै क्यानका सचिव पारस खड्कामाथि पनि छानबिन गर्न माग गरिएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्