रुस्लान कप क्रिकेट प्रतियोगिता : हिमालयन ह्वाइट विजयी


 


काठमाडाैं, पुस २८

स्थानीय कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस कलेज विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ह्वाइट हाउसले पिसी फाइटर एघारलाई १०७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले पूरा ओभर खेलेर ९ विकेटका क्षतिमा १६९ रनको स्कोर बनायो ।

जवाफी ब्याटिङमा उत्रेको पिसी फाइटर इलेभेन १६ ओभरमा ६२ रन जोड्दै अलआउट भयो । जितसँगै ह्वाइट हाउस क्वाटरफाइनलमा प्रवेश गरेको छ । ह्वाइट हाउसका लागि मेहबुब आलमले सर्वाधिक ५१ रन जोडे ।

त्यस्तै सुबेन्दु पाण्डेले ३८, प्रनित थापा मगरले ३२ तथा अमरसिंह राउटेलाले २५ रन जोडे । यता पिसी एघारका नरेश चन्दले २२ र अरुण चन्दले १२ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

आजै भएको दोस्रो खेलमा नेपाली राइनोजले पारस खड्काको कप्तानीमा रहेको सशस्त्र प्रहरी बललाई पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपाली राइनोज क्वाटरफाइनलमा प्रवेश ग¥यो ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्