विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश पराजित


 


काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीकाले लगातार तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई चार रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बङ्ग्लादेशका टोहिड हृदयले सर्वाधिक ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए ।

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

बङ्ग्लादेशका तान्जिम सकिबले ३ विकेट लिए । जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अङ्क भएको छ । बङ्ग्लादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अङ्क रहेको छ भने नेपाल र श्रीलङ्का अङ्कविहिन छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्