दुर्घटनामा २१ जनाको मृत्यु


 


एजेन्सी, माघ २

भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ ।

केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ । २० जनाको क्षमता रहेको डुंगामा ४० भन्दा बढी चढेका थिए । यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्