लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


 


काठमाडौं, माघ ५

लागूऔषध मुद्दाका सात वर्षदेखि फरार अभियुक्तलाई बुधबार प्रहरीले पक्राउ गरी सजाय भुक्तानका लागि केन्द्रीय कारागार, सुन्धारा पठाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले नुवाकोट बुङ्ताङका २५ वर्षीय कृष्णबहादुर तामाङलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

तामाङलाई गत २०६६ भदौ १ गते काठमाडौं जिल्ला अदालतले लागूऔषधको मुद्दामा दुई वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय हुने ठहर गरेको थियो। उनलाई बालाजुको बसन्तपुरबाट पक्राउ गरेको ब्युरोले जनाएको छ।  उनले २०५७ भदौ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जाने क्रममा तीन जनालाई तामाङले भरियाको रुपमा चरेश कारोबारी गरेका थिए।

तामाङले वीरबहादुर तामाङ, निरबहादुर तामाङ र धनबहादुर तामाङलाई तीन किलो दुई सय ३५ ग्राम चरेश भरिया बनाएर बैंकक पठाउन लागेका थिए।  अनुसन्धानमा तीन जनालाई नै भरिया बनाएर तामाङले कारोबारीको रुपमा प्रयोग गरेको खुलेपछि प्रहरीले उनी विरुद्ध पनि मुद्दा चलाएको थियो।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्