अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन



बनियानी (झापा), माघ ८

बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो ।

यस्तै एउटा स्वर्ण, चार रजत र चार कास्य पदकका साथ भुटान दोस्रो तथा तीन रजत, एउटा कास्य पदकका साथ भारत तेस्रो भएको छ । सो प्रतियोगितामा दुई रजत र तीन कास्यसहित बङ्लादेश चौथो भएको छ ।

नेपाल कराँते महासङ्घ झापाका अध्यक्ष मिलन प्रसाईका अनुसार प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल कराँते महासङ्घका केन्द्रीय अध्यक्ष दाबा गुरुङ, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापा, उपाध्यक्ष प्रसान्त भण्डारीलगायतले पुस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेशका २३० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News