अमेरिकामा तूफान, १८ जनाको मृत्यु


 


वासिङ्टन, माघ ११

अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

मिसिसिपी, अलाबामा, फ्लोरिडा र जर्जिया राज्यमा तूफानले बढी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । १४ जनाको जर्जियामा र चार जनाको मिसिसिपीमा मृत्यु भएको पनि उनीहरुले बताएका छन् ।

जर्जियाका गभर्नर नथान डेअलले दक्षिणी जर्जियामा आइतबार सङ्कटकाल घोषणा गर्नुभएको छ ।

सङ्कटकाल व्यवस्थापन निकायका प्रवक्ता काथेरिन हाउडेनले जीवितलाई खोजी तथा उद्धारका लागि तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

अमेरिकाको राष्ट्रिय जलवायु तथा मौसम सेवाले फेरि पनि फ्लोरिडा र दक्षिण जर्जियामा तूफान आउन सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्