धाइजन क्रिकेट क्लबले कंगारु एनसिएसएस कपको उपाधी कब्जा



झापा, माघ १३
नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती झापाद्वारा आयोजित  कंगारु एनसिएसएस कपको उपाधि धाइजन क्रिकेट क्लबले कब्जा गरेकाे छ ।

आज भएकाे फाइनल खेलमा दमक क्रिकेट क्लबलार्इ हराउँदै धाइजनले उपाधि चुमेकाे हाे ।  टस जितेर ब्याटिङ रोजेको दमक क्रिकेट क्लब ५७ रनमा अल आउट हुँदै धाइजनलाई ५८ रनको सामान्य लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको धाइजनले उक्त लक्ष्य ७.३ ओभर मै १ विकेट को क्षतिमा पूरा गर्दै ९ विकेट को शानदार जित हासिल गरेको थियो।

१६ टोलिबिच प्रतिस्पर्धा भएको उक्त प्रतियोगीतामा नक आउटको आधारमा खेल खेलाइएको थियो। जस अन्तर्गत फाइनल समेत गरेर १५ खेल खेलाइएको थियो।

प्रतिस्पर्धात्मक सेमिफाइनलमा आयोजक एन सि एस एस लाई पराजित गर्दै दमक क्रीकेट क्लब फाइनलमा पुगेको थियो भने प्रतिभा वारियर्स लाई हराउदै धाइजनले फाइनलको यात्रा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News