आहारारा गोल्डकपको उपाधिका लागि आज मनाङ मस्र्याङ्दी र सहारा भिड्दै



पोखरा, माघ १४

पाेखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्ने भएका छन् ।

यही माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अमेरिकाको एएनए युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमको सहभागिता थियो ।

विजेता टिमले रु पाँच लाख एक हजार एक र उपविजेता टिमले दुई लाख ५१ हजार एक, कप, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एकजनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News