दलित समुदायका समस्या समाधानप्रति सरकार प्रतिवद्ध छ -प्रधानमन्त्री


 


काठमाण्डौ,माघ १८
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानप्रति प्रतिवद्ध भएको बताएका छन । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले दलित सिकुदायका समस्या समाधानमा प्रतिबद्ध रहेको बताए ।

भेटका अवसरमा प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने आश्वसन समेत दिएका छन ।

तिलक परिवारको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्