सडक दुर्घटनामा सयभन्दा बढीको मृत्यु



खजुरा (बाँके), माघ १८

मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन् ।

आव २०७२÷७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ । सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रूपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ ।

चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News