राज्य व्यवस्था समितिले स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अनुमोदन गर्दै


 


काठमाडौँ, माघ १९

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले उपसमितिमा सहमति जुटेको स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक आज अनुमोदन गर्दै छ । सिंहदरबारमा बस्ने समितिको बैठकले उपसमितिले तयार पारेको दस्तावेजमा सामान्य छलफल पछि उक्त प्रतिवेदन पारित गर्ने बताएको छ ।

नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुङगानाको संयोजकत्वमा गठित उपसमितिले हिजो सो विधेयकमा सहमति गरेको थियो । उपसमितिले हिजो संसदमा रहेका सबै दलले स्थानीय तहको पहिलो निर्वाचनमा राष्ट्रिय दलको हैसियतमा निर्वाचन चिन्ह पाउने व्यवस्थामा सहमति जुटाउदै निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन दुइ महिना अगावै निर्वाचन गर्ने बाध्यात्मक व्यवस्थामा सहमति गरेको हो ।

समितिले आज पारित गर्ने सो विधेयक प्रतिवेदन सहित सभापति दिलबहादुर घर्तीले अपरान्ह तिन बजे पछि बस्ने समितिको पूर्ण बैठकमा प्रस्तुत गर्नू हुने छ । यस्तैे उपसमितिमा सहमति हुन नसकेको राजनैतिक दल सम्बन्धीत विधेयकमा समितिको पूर्ण बैठकमा आज थप छलफल हुने छ ।

ठूला दल तीन प्रतिशतको थ्रेस होल्डको व्यवस्था गर्न सहमत भए पनि साना दलको विरोधका कारण सो विधेयकमा सहमति जुट्न सकेको छैन । समितिले आजको बैठकबाट राजनीतिक दल सम्बन्धि सो विधेयकमा अधिकतम सहमतिका आधारमा अनुमोदन गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्