एमालेको दुई दिने पोलिटब्युरो बैठक बस्दै



काठमाडौँ, माघ १९

राष्ट्रिय राजनीतिको विकसित घटनाक्रममा बिषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी एमालेले आगामी माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ । संसदमा दर्ता भएको संशोधन प्रस्तावले सरकारसंग चिढिएको एमालेले थप छलफलका लागि दुई दिने पोलिटब्युरो बैठक बोलाएको हो ।

राजमार्ग केन्द्रित शक्ति प्रदर्शनका लागि मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्न लागेको एमालेले अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने बिषयमा समेत बैठकमा छलफल गर्ने बताएको छ । संशोधन प्रस्ताव राष्ट्रघाती भएको दावी गर्दै मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्न लागेको एमालेले पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अभियानका कार्यक्रम सार्वजनीक गर्दैछ ।

फागुन २१ गते झापामा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने अभियान राजमार्ग केन्द्रित हुदै चैत ५ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । सातै प्रदेशलाई केन्द्रित गरेर अभियानमा सिङ्गो पार्टी परिचालन गर्ने योजना एमालेको छ । तराई मधेशमा आफ्नो बलियो उपस्थिती देखाउने रणनीति अनुरुप सुरु गर्न लागिएको अभियानलाई पार्टीका शीर्ष तहका नेताले सम्बोधन कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः des[email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News