सार्क कार्यक्रम समितिको ५३ औँ बैठक राजधानीमा हुँदै


 


काठमाडौं, माघ १९

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कार्यक्रम समितिको ५३ औं बैठक आज राजधानीमा हुदै छ । सार्क अध्यक्ष देशको हैसियतले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सन्चालनका साथै आगामी वर्षको बजेट लगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ ओटै सदस्य मुलुकका परराष्ट्रर विदेश र बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय संगठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिने बताइएको छ ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नहुँदा नेपालले उक्त बैठक आयोजना गर्नु परेको हो ।

प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्