सुदूरपश्चिम–११ माथि झापा–११ को जित



बनियानी (झापा), माघ १९

बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापा–११ का विदेशी मार्टिनले तीन र बुद्ध चेम्जोङले एक गोल गरेका थिए । खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का मार्टिन घोषित भए ।

शुक्रबारको खेल मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच हुने आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो । दश टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेताले रू सात लाख र ट्रफी तथा उपविजेताले रू तीन लाख ५० हजारसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News