Deshko News
८ आश्विन २०८०, सोमबार

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्धारा दक्षिण अफ्रिका ६ विकेटले पराजित



काठमाडौं, माघ २०

दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनायो । नेपालका लागि सुनील रानामगरले २ विकेट लिँदा कृतन श्रेष्ठले १ विकेट लिए ।

बाँकी २ विकेट नेपालले रनआउटमार्फत् प्राप्त गरेको थियो । १४७ रनको विजयी लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा पूरा ग¥यो । नेपालका लागि सुनील सुवेदीले अविजित ४६ रनको योगदान गर्दा सुनील रानामगरले ३८ रन जोडे ।

१० टोली सहभागी दृष्टिविहीन विश्वकपमा नेपालमात्रै टेष्ट नखेल्ने राष्ट्र हो । प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले हारेको नेपाल बुधबार भएको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो ।  प्रतियोगिताअन्तर्गत् आफ्नो आगामी खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति: २० माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News