बुढासुब्बा गोल्डकप फागुन पहिलो सातादेखि



धरान, माघ २१

१९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने क्लबले जनाएको छ। तर, साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो सँस्करणमा सहभागी नहुने पक्का भइसकेको छ ।

मनाङ बंगलादेशमा हुने अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिन फेब्रअरी १७ तारिख प्रस्थान गर्ने भएकोले बुढासुब्बामा सहभागी हुन नसक्ने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

अन्र्तराष्ट्रिय टोलीकोरुपमा भुटानको राष्ट्रिय टिम, वंगलादेशको धनमुन्दी क्लब र भारत सिलङको टिमलाई सहभागी गराउन एन्फा मार्फत नै पहल भइरहेको पनि अध्यक्ष राईले खुलाए।

यस्तै, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सहारा क्लब पोखरा, हङकङ नेप्लीज टिम र रुपन्देही ११ सम्भावित टिम छन् । साथै, यसपटक उपाधि जित्ने लक्ष्यका साथ आयोजकको रातो र निलो गरी दुई टिम पनि सहभागी हुनेछ ।

माघ २८ भित्रमा सहभागी टिम निश्चित हुने र त्यसैबेला टाइसिटसमेत सार्वजनिक गर्ने क्लबले जनाएको छ । यो सँस्करणमा पुरस्कार राशीमा पनि वृद्धि गरिएको महासचिव प्रताप तामाङले जानकारी दिए ।

उनका अनुसार विजेताले नगद पुरस्कार ५ लाख पाउनेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ । गत सँस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख मात्र थियो ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News