पेस्तोलसहित एक प्रक्राउ


 


बाँके, माघ २४

चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित पठानलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

पछिल्ला दिनमा भारतबाट नेपालतर्फ हतियार आपूर्ति गर्ने गिरोह रहेको सूचना आइरहेको जानकारी गराउँदै थापाले त्यसलाई निस्तेज पार्नका लागि प्रहरी लागिपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्