झापा गोल्डकपको उपाधी मनाङको हातमा



काठमाण्डौ, माघ २४

झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे । योसँगै मनाङले सिजनमा तेस्रो उपाधी जितेको हो ।

यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप जितेको थियो । जितसँगै मनाङले ७ लाख रुपैयाँ र आयोजक झापा ११ ले ५ लाख रुपैयाँ पाएको छ । पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News