पाँच किलो चरेससहित एकजना पक्राउ



वीरगन्ज, माघ २५

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलबार बिहान ८ः ३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । काठमाडौंबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।

अभियुक्त सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पु¥याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News