दुर्घटनामा १४ जना घाइते


 


तनहुँ , माघ २६

छाङ ८ गर्बलामा मंगलबार साँझ भएको सडक दुर्घटनामा १४ जना घाइते भएका छन्। सडकमा रहेका खाल्डो छल्ने क्रममा ग १ ख ६१३० नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ७ जनाको मणिपाल,५ जनाको गण्डकी मेडिकल कलेज र २ जनाको बीपी कोइराला मेमोरियल श्वाप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ। घाइते सबै खतरामुक्त रहेको स्थानिय प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्