चितवन पनि लोडसेडिङमुक्त


 


चितवन , माघ २८

नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त गराएको छ । औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा बिहीबारदेखि नै लागु हुनेगरी जिल्लालाई लोडसेडिङ मुक्त गराएको प्राधिकरणले जनाएको छ ।

अनौपचारिक रुपमा भने विगत एक सातादेखि नै चितवनमा विद्युत कटौती गरिएको थिएन । भारतबाट थप विद्युत आयात भएपछि चितवनमा सहज रुपमा विद्युत उपलब्ध गराउन सकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मात्रै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रमर्मा एक-दुई दिनभित्रै जिल्लालाई विद्युतभार कटौतीमुक्त गर्ने आश्वासन दिएका थिए ।

चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

सरकारले यसअघि काठमाडौँ र पोखरालाई लोडसेडिङमुक्त शहर घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्