भूकम्पको धक्का महसुस



बैतडी, माघ २८

सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सो भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।

यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News