नेपाली क्रिकेट समर्थक समाजको रुपन्देही शाखा बिस्तार


 


बुटवल माघ २९

देश बिदेशमा छरिएर रहेका नेपाली क्रिकेटका समर्थकहरुलाई एकताबद्द गर्दै आफ्नो ठाँउबाट नेपाली क्रिकेटको प्रबर्द्धन र बिकासको लागि समर्थकको सहभागिता गराउँदै लैजाने (एन सि एस एस) को योजना अनुरुप नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती रुपन्देहीको आधिकारिक घोषणा गरिएको छ।

लामो समयदेखि नेपाली क्रिकेटको नजिक रहेका क्रिकेट समर्थक तारा पाठकको संयोजकत्वमा गठित ११ सदस्यीय संयोजन समितिको सह संयोजक मोहन ज्ञवाली रहेका छन भने अन्य सदस्य हरु क्रमशः राजु राना, गोबिन्द भुसाल ,शंकर पन्थी ,सुशील थापा,अमृत गैरे,बिज्ञान बस्याल,उमेश गैरे,बिकास रोकाया र कृष्ण अर्याल रहेका छन।

साथै संयाेजन समिती गठन पश्चात् रुपन्देही जिल्ला भित्रका सम्पुर्ण समर्थकहरुलाइ एन सि एस एस मार्फत एकताबद्द बनाउदै आगामी दिनमा स्थानीयस्तरका खेलहरुमा सहभागिता तथा सहकार्य ,रुपन्देही क्रिकेट संघ सँग लिन्कमा रहने एन.सि.एस.एस केन्द्रिय स्तरबाट हुने कामको लागि जिल्लाबाट केन्द्रलाई समर्थन र सहयोग गर्ने अनि यस क्षेत्रमा रहेका प्रतिभाहरुको पहिचान गर्दे आवश्यक तालिम तथा खेल्ने अवसरहरुको सृजना गर्दै लैजाने लक्ष्य रहेको संयोजक तारा पाठकले बताएका छन

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्