चौथो उदयपुर गोल्ड कप : मोरङकाे विजयी सुरूवात



उदयपुर, माघ २९

थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको तेस्रो दिनको खेलमा मोरङ ११ ले सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंलाई ट्राईव्रेकरमा १ को विरुद्ध ३ गोलले पराजित गर्दै जीत यात्रा तय गरेको छ ।

९० मिनेटको खेलमा कतैबाट पनि गोल हुन नसकेपछि भएको ट्राईब्रेकरमा मोरङका जर्सी नम्बर ६ का नीरज बस्नेत, जर्सी नम्बर १३ का अनोस मगर र जर्सी नम्बर ४ का बुद्धिमान राईले गोल गरेका थिए ।

सशस्त्र प्रहरी (एपीएफ) का जर्सी नम्बर २४ का भीम श्रेष्ठले मात्र एक गोल गरेका थिए । सशस्त्र प्रहरीकोतर्फले प्रहार गरेको बल एक पटक पोलमा ठोकिएर बाहिरिनु र एक पटकको बललाई मोरङका किपरले राम्रो बचाउ गर्नुले मोरङको जीत भएको थियो ।

खेलको म्यान अफ द म्याच मोरङका बुद्धिमान राई घोषि भए । उनलाई आयोजकले नगद हजार पुरस्कारसहित पुरस्कृत गर्यो । भोलिको खेल रुपन्देही ११ र रमपम झापा (एफ सी) बीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News