एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असार ६

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार उक्त परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रण कार्यालयले आज प्रकाशित विज्ञप्तिमा जनाएको छ । रासस

प्रकाशित मिति: ६ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्