चन्दलाई महानिरीक्षकको जिम्मेवारी नदिन अदालतको अर्को आदेश



काठमाडौ, फागुन २

सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । महानिरीक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्ले आइतबार चन्दलाई महानिरीक्षकमा गरेको नियुक्ति अनुसारको पदस्थापनलगायतका कामकारबाही नगर्न नगराउन आदेश जारी गरेको हो ।

अधिवक्ता कपिलदेव ढकालले दिएको रीटमा भने आइतबार नै सर्वोच्च अदालतले फागुन ८ गतेसम्म चन्दको नियुक्ति सपथ लगायतका काम कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

दुबै रिट सँगै राखेर ८ गते रिटका दुबैपक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश निरन्तर गर्ने वा नगर्ने भन्ने सर्वोच्चले टुंगो लगाउने छ । अधिवक्ता ढकालको रिटमै चन्दलाई महानिरीक्षक बनाउँदाको कार्यसम्पादन मूल्यांकन र मन्त्रिपरिषद्ले निर्णयको फाइल पनि सर्वोच्चले मगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News