एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुने प्रवक्ता भुसालको दाबी


 


भक्तपुर, फागुन २

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेकी छन्। रफत सञ्चार क्लबमा आयोजित सोमबार साक्षात्कारमा बोल्दै प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले संशोधन प्रक्रियामा सामेल भएर संविधान कार्यान्वयनमा सघाउने विश्वास व्यक्त गरिन्।

एमाले संविधान संशोधनप्रति सकारात्मक बन्दै गएको उनको जिकिर छ। एमालेले मधेसकेन्द्रित दल दलहरुसँग छलफल सुरु गरेको प्रसंग उल्लेख गर्दै भुसालले यसलाई एमालेको लचकताको संकेतका रुपमा व्याख्या गरिन् । साथै उनले स्थानीय निकायको निर्वाचन आगामी जेठमै हुने दाबी गरिन्।

सरकारले निर्वाचन आयोगलाई पत्रसमेत पठाइसकेकाले कसैले भ्रम फैलाउँदैमा चुनाव नरोकिने उनको जिकिर छ। प्रवक्ता भुसालले तीनै तहको निर्वाचन नसकिएसम्म सरकार परिवर्तन नहुने दाबीसमेत गरिन्।

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्