कायम मुकायम प्रहरी महानिरिक्षकमा भण्डारी


 


काठमाण्डौ,फागुन २

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्ने भएका छन । प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव महानिरीक्षक बमहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक पद सम्हाल्ने स्रोतले जनाएको छ ।

अर्यालसँगै १० जना एआइजीले एकैपटक अवकाश पाउँदै छन् । प्रहरी नायव महानिरीक्षकमा भण्डारीभन्दा वरिष्ठ नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द रहेपनि उनीहरु फरक ब्यूरोमा रहेका कारण भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्ने स्रोतले जनाएको छ ।

सिलवाल सिआइबीमा, अर्याल ट्राफिक व्यवस्थापनमा, चन्द लागूऔषध अनुसन्धान ब्यूरोमा छन् । दफा ४६ अनुसार एउटै कार्यालयको हुनुपर्ने नियमले चौथो नम्बरका भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षक सम्हाल्ने हुने भएको हो । पद रिक्त हुने अवस्थामा गृह मन्त्रालयले प्रहरी प्रमुख तोक्नुपर्ने भएपनि नियमावलीकै आधारमा गृहले काम गर्ने हुँदा भण्डारी कायम मुकायम प्रहरी महानिरीक्षक हुने भएका हुन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्