निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको सुनुवाइ हुँदै


 


काठमाडौं, फागुन ३

संसदीय सुनुवाइ विशेष समितिले आज निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ गर्दै छ ।समितिले हिजो आयुक्त उपर परेका उजुरीमा छलफल गरी आयुक्तको सुनुवाई प्रक्रिया अगाडि बढाउन लागेको हो । त्यसका लागि समितिको बैठक दिउसो १ बजेका लािग बोलाइएको छ ।

आजको बैठकमा तीनै जना प्रस्तावित आयुक्तको सुनुवाइ हुने समिति सचिव ध्रुवप्रसाद घिमिरेले बताए । समितिले गत माघ १९ गतेदेखि दश दिनको समय दिएर सरोकारवालासँग उजुरी माग गरेको थियो । सो अवधिमा एउटा मात्र उजुरी परेको बताइएको छ ।

प्रस्तावित आयुक्त सुधीरकुमार शाहविरुद्ध उजुरी परेको जनाइएको छ । उक्त उजुरीमा बालुवाटारमा रहेको सरकारी जग्गा निजी व्यक्तिको नाममा दर्ता गराउन सहयोग गरेको आरोप शाहलाई लगाइएकोे छ । संवैधानिक परिषद्ले गत माघ १४ निर्वाचन आयोगमा रिक्त तीन आयुक्त सिफारिस गरेको थियो । परिषद्ले पूर्वसचिवद्वय ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्