तीन आयुक्तको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन


 


काठमाडौं, फागुन ३

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका तीन आयुक्तको नाम सर्वसम्मत् अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यका लागि सिफारिस गरेका ईश्वरी पौड्याल, सुधीरकुमार शाह र नरेन्द्र दाहालको नाम संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत् अनुमोदन गरेको हो ।

पौडेल, शाह र दाहाललाई मंगलबार संसदीय समितिमा बोलाएर उनीहरुमाथि परेका उजुरीमाथि छानबिन गरेर नियुक्तिका लागि सिफारिस गरिएको हो । यससँगै पौडेल, शाह र दाहाल निर्वाचन आयोगको आयुक्तमा नियुक्त हुन मार्गप्रशस्त भएको छ । सुनुवाइकाक्रममा समितिका सदस्यहरुले उनीहरुलाई निष्पक्ष ढंगले काम गर्न सुझाव दिएका छन् ।

सुनुवाइमा सिफारिसमा परेका तीनै आयुक्तहरुले इलेक्ट्रोनिक भोटिङ सिस्टमलाई देशभर लागू गराउने प्रयोग गर्ने, विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिने व्यवस्था मिलाउन पहल गर्ने र निष्पक्ष निर्वाचनका कानुनअनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्