चुनावको मिति घोषणा गर्न एमालेको माग



काठमाडौं, फागुन ३

नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ।  मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह र मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको हो।

संविधानमा तोकिएबमोजिम तीन तहको निर्वाचन गर्ने अडान कायम राख्दै २०७४ बैशाख/ जेठमा स्थानीय तह र मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न दबाब दिने निर्णय स्थायी कमिटी बैठकले गरेको हो। बुधबार र बिहीबार बस्न लागेको एमाले पोलिटब्यूरो बैठकका एजेन्डा तय गर्न बसेको बैठकले फागुन २१ देखि चैत ५ सम्म गर्न लागेको मेची महाकाली अभियानलाई  सशक्त बनाउने पदाधिकारीको निर्णयलाई अनुमोदन गरेको छ।

एमालेले स्ववियु निर्वाचन फागुन १४ मै गर्न विशेष जोड दिएको छ। निर्वाचन भाँड्न विभिन्न क्याम्पस र विश्वविद्यालयमा भैरहेको तोडफोड, आगजनी, तालाबन्दीप्रति उसले चिन्ता व्यक्त गरेको छ।  बैठकपछि एमाले प्रवक्ता योगेश भट्टराईले सबै राजनीतिक दललाई चुनावमा सहभागी गराउने उद्देश्यले एमालेले मधेसी मोर्चा आवद्ध दलहरुसँग छलफल गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News