बार्सिलोनाको लज्जास्पद हार



काठमाडौं, फागुन ४

युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणका खेल सुरु भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४-० ले हराएको हो ।

खेलमा पि.एस.जी.लाई विजयी गराउन एन्जल डि मारीयाले दुई गोल गरे भने जुलियन ड्राक्सलर र एडिन्सन काभानीले एक–एक गोल गरे । यो हारसँगै वार्सिलोनाको क्वाटरफाईनल पुग्ने सम्भावना निकै कमजोर भएको छ । युएफा च्याम्पियन्स लिगअन्तर्गत राउण्ड अफ सिक्सटिन पहिलो लेगकै अर्को खेलमा पोर्चुगलको बेनीफीकाले जर्मनीको बोरुसीया डर्टमण्डलाई १-० ले हरायो ।

बेनिफीकालाई विजयी गराउन कोस्टान्टीनोसले निर्णायक गोल गरे । च्यम्पियन्स लिगमा आज राती दुई खेल हुनेछन् । आज जर्मन क्लब बायर्न म्युनिखले इङ्ल्यान्डको आर्सनलसँग खेल्दा स्पेनको रियाल मड्रिड र ईटालीको नापोली भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News